icte@tucded.edu.np 014331337

Operation Calendar

No Comments

शैक्षणिक योजना

  1. शैक्षणिक योजनाको अभावमा गणित शिक्षण प्रभावकारी र विद्यार्थीको चाख अनुकूल हुनसकेको छैन । अधिकांस विद्यार्थीहरूले गणितलाई बोझिलो र गाह्रो विषय मान्दछन ।
  2. गणित शिक्षण गर्नुपूर्व नै किन गर्ने र कसरी गर्ने भनी शैक्षिक योजना निर्माण गरेर मात्र शिक्षण गर्नुपर्दछ । यसले गणितलाई एक रुचिकर र चाखलाग्दो विषय बनाउन सक्छ।
  3. गणित शिक्षण सिकाईलाई अव्यवस्थित र अनिश्चितताबाट व्यवस्थित गर्न र निश्चित मार्ग निर्देशन गर्न शैक्षणिक योजनाको आवश्यकता पर्दछ ।
  4. गणितका हरेक शैक्षिक गतिविधिहरु किन गर्ने, कसरी गर्ने, कहिले गर्ने, को जिम्मेवार हुने र प्रतिफल के हुने भनी तयार पारिएको योजना लाई शैक्षणिक योजना भनिन्छ ।
  5. तसर्थ, एक शैक्षिक सत्रभित्र पुरा हुने गरी पाठ्यक्रमद्वारा अपेक्षित उद्देश्यहरू हासिल गर्नका लागि शिक्षण गर्नुभन्दा अगाडि नै के, किन, कति र कसरी गर्ने भन्ने बारेमा योजनाबद्ध रूपमा निमार्ण गरिएको खाका नै शैक्षणिक योजना हो ।
  6. यसमा व्यावहारिक उद्देश्य, शिक्षण विधि, शैक्षिक सामाग्री, शिक्षण सिकाई क्रियाकलाप, मूल्याङ्कन र यसका लागि चाहिने समय समेत किटान गरिएको हुन्छ ।

वार्षिक कार्य पात्रो

एक वर्षमा विद्यालय सञ्चालन हुने दिनहरु एकिन गरि शैक्षिणक गतिविधि,मूल्याङ्कन,अतिरिक्त र सह क्रियाकलापहरु, विद्यालयको बार्षिकोत्सव आदिका मितिहरु र क्रियाकलापहरु किटानका साथ उल्लेख गरेर तयार पारिएको खाकालाई वार्षिक कार्य पात्रो भनिन्छ ।

वार्षिक कार्यतालिका/कार्यपात्रो को नमुना

विद्यालयको नाम ……………………. शैक्षिक वर्ष ………………….. ठेगाना  ……………………

बार        
गते   ३२ 
बैशाखभर्ना कार्यक्रम       
जेष्ठ          
अषाढ बर्खे विदा  
साउन     व्यसवैपहिलो त्रैमासिक परीक्षा 
भदौ          
असोज          
कार्तिक  दोस्रो त्रैमासिक परीक्षा    
मंसिर    अभि भेला     
पौष          
माघ          
फागुन  भलिवल प्रतियोगिता     
चैत्र  वार्षिक परीक्षा   
      प्रधानाध्यापकव्यवस्थापन समिति

Leave a Reply